ई–आर्थिक, काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट एण्ड फाइनान्स लिमिटेड चलाउन रोशनकुमार अधिकारीले संयोजन गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले फाइनान्सको व्यवस्थापन समूहको संयोजक पदपुर्तिको लागि लिएको परिक्षामा अधिकारी मुख्य उम्मेदवार छानिएसँग व्यवस्थापनको संयोजन उनले नै गर्न लागेका हुन् ।
त्यस्तै बैकल्पिक उम्मेदवारमा प्रकाश घिमिरे र गोविन्द प्रसाद शर्मा छानिएका छन् ।
राष्ट्र बैंकले छनोटमा परेका मुख्य उम्मेदवार नियुक्तका लागि बैशाख २ गतेसम्ममा केन्द्रीय बैंकमा सम्पर्क राख्न समेत आग्रह गरेको छ। सो समयमा मुख्य उम्मेदवार सम्पर्क गर्न नआए योग्यताक्रम अनुसार बैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने केन्द्रीय बैंकले जनाएको छ।