२०८३ असोज ८ बिहिबार

नेपाल एसबीआई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

ई आर्थिक    बुधबार, चैत्र १४ २०८०
5.5K
Shares
नेपाल एसबीआई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

ई–आर्थिक, काठमाडौं । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरूलगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य राखेको थियो ।

न्युरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगञ्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगापुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करिब आठ सय जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij