२०८३ असोज १५ बिहिबार

संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य

ई आर्थिक    बिहिबार, असोज १५ २०८३
133
Shares
संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बिहीबार जारी गर्नुभएको विज्ञप्तिअनुसार संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संविधानको व्यवस्थाअनुसार संसद् अधिवेशन अन्त्य गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij