२०८३ असोज १५ बिहिबार

मर्स्याङ्दी नदीमा अड्किएका तार तथा काठ हटाइयो

ई आर्थिक    बिहिबार, असोज १५ २०८३
114
Shares
मर्स्याङ्दी नदीमा अड्किएका तार तथा काठ हटाइयो

काठमाडौं ।  मर्स्याङ्दी नदीमा माथिल्लो भागबाट बगेर आएका तार तथा काठहरू पुलमा अड्किएपछि नदीको बहावमा अवरोध सिर्जना भएको छ।

अवरोधका कारण पुल तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने अवस्था देखिएपछि नेपाल प्रहरीले आवश्यक व्यवस्थापन थालेको हो।

नेपाल प्रहरीको टोलीले सम्बन्धित निकाय तथा स्थानीयवासीसँग समन्वय गरी जेसीबीको सहयोगमा पुलमा अड्किएका तार तथा काठहरू हटाएको छ। अवरोध हटाइएसँगै नदीको बहावलाई सहज बनाउने प्रयास गरिएको प्रहरीले जनाएको छ।

पुल तथा आसपासका क्षेत्रमा हुन सक्ने थप जोखिम न्यूनीकरणका लागि सुरक्षाकर्मीहरू निरन्तर परिचालन गरिएको छ। उनीहरूले नदीको बहाव तथा आसपासको अवस्थाबारे निगरानी गर्दै आवश्यक व्यवस्थापनको काम गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij