२०८३ असोज ९ शुक्रबार

भक्तपुर ताथलीको खड्का गाउँमा पुनः पहिरो, गर्भवती गाई मार्यो, आधा दर्जन घरहरु जोखिममा

ई आर्थिक    शुक्रबार, असोज ९ २०८३
1.7K
Shares
भक्तपुर ताथलीको खड्का गाउँमा पुनः पहिरो, गर्भवती गाई मार्यो, आधा दर्जन घरहरु जोखिममा

ई–आर्थिक, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीको गोठालेचौरमा रहेको खड्का गाउँमा पहिरोले एक गर्भवती गार्ई मारेको छ । शुक्रवार दिउसो २ः५० बजे आएको पहिरोमा परी स्थानीय विकास खड्काको गाईलाई पहिरोले पुरेर मारेको हो । गाई रहेको गोठ पूर्णरुपमा क्षति भएको छ । विकास खड्काका आमा गाईलाई गोठबाट अन्यत्र सार्न जाँदै गरेको समयमा पहिरो आएको थियो । उहाँ भने भागेर बाँच्न सफल भइन् ।

घरको पूर्वपट्टी रहेको विन्ध्यवासिनी मन्दिरसँगै रहेको जग्गा बगरे पहिरो गएको थियो । विहीवारदेखि लगातार परेको पानीको कारण मन्दिरसँगैको पर्खाल आसपासबाट बगरिरहेको माटो एक्कासी पहिरोमा परिणत भएको थियो । वरपर घरहरु समेत रहेको उक्त घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयहरुले निगरानी गरिरहेका छन् ।

अघिल्लो बर्षको पहिरोमा पनि क्षति

मन्दिर रहेको सोही ठाउँमा हरेक बर्ष पहिरो जाने गरेको छ । अघिल्लो साल गएको पहिरोमा परी विकास खड्काकै घरको एकापट्टीको भागमा क्षति पुगेको थियो । त्यसैगरी पहिरोसँगै बगेर आएको रुखको बिरुवा र माटो घरको एकापटीको भागमा पसेको थियो । घर भित्र रहेका मान्छेहरु भने भागेर बाच्न सफल भएका थिए । यसपटक मरेको गाईलाई अघिल्लो पहिरोमा घाइते अवस्थामा उद्दार गरिएको थियो । सो पहिरोले घरसँगैको बाटोमा पार्किङ गरेर राखिएको खड्काको कारमा समेत सामान्य क्षति भएको थियो ।

त्यसैगरी अघिल्लो बर्षको पहिरोले सोही ठाउँका गोपाल खड्काको गोठलाई पूर्ण क्षति पु¥याउँदै दुईवटा बाख्रालाई समेत पुरेको थियो । गोठमै रहेको एक खसीलाई भने आधा शरीर पुरिएको घाईते अवस्थामा उद्दार गरिएको थियो । त्यसैगरी उनको घरमा समेत पहिरोले सामान्य क्षति पु¥याएको थियो ।

‘मन्दिर क्षेत्रको भु–भाग होच्याउने विषयमा सहमति भएको भए क्षतिबाट बचिन्थ्योे’

स्थानीय खड्काहरुको कुलदेबी विन्ध्यवासिनी मन्दिर रहेको उक्त भु–भाग केही उचाईमा रहेको छ । उक्त भु–भागका कारण प्रत्येक बर्ष पुग्न थालेको क्षतिबाट बचाउन मन्दिरको भु–भाग होच्याउने विषयमा स्थानीय खड्का दाजुभाईहरुबीच छलफल समेत भएको थियो । तर छलफल निकाससहितको निष्कर्षमा नपुग्दा आफूले प्रत्येक बर्ष क्षति व्यहोर्नु परिरहेको पीडित विकास खड्काले बताए ।

‘मन्दिर रहेको भु–भाग केही होचो पारेर मन्दिर पुनर्निर्माण गर्ने सम्बन्धमा स्थानीय खड्का दाजुभाईबीच छलफल भएको थियो ।’ खड्काले भने– ‘केही दाजुभाईहरुको असहमतिले आफूले प्रत्येक बर्ष आफूले क्षति व्यहोर्नु परिरहेको छ ।’
समयमै उक्त भु–भागको माटो काटेर होचो पार्ने काम नभएकै कारण आफूले प्रत्येक बर्ष क्षति व्यहोर्नु परेको उनले गुनासो पोखे ।

उक्त भु–भागको विषयमा समयमै नसोच्ने हो भने थप क्षति व्यहोर्नुपर्ने विषयमा स्थानीयहरु चिन्तित छन् । विशेषगरी लगातार परिरहेने पानीले आँखै अगाडी पहिरो गइरहेको देखेका स्थानीय थप पहिरो जानसक्ने डरका कारण चिन्तित बन्ने गरेको हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij