२०८३ असोज ८ बिहिबार

११ वर्षपछि अमेरिका पुगे सी जिनपिङ, विमानस्थलमै ट्रम्पले गरे भव्य स्वागत

ई आर्थिक    बिहिबार, असोज ८ २०८३
209
Shares
११ वर्षपछि अमेरिका पुगे सी जिनपिङ, विमानस्थलमै ट्रम्पले गरे भव्य स्वागत

वासिङ्टन : चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षपछि पहिलोपटक अमेरिकी राजधानी वासिङ्टन पुगेका छन्। तीनदिने राजकीय भ्रमणका क्रममा सीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोइन्ट बेस एन्ड्रयूजमै पुगेर व्यक्तिगत रूपमा स्वागत गरेका छन्। विदेशी राष्ट्राध्यक्षलाई अमेरिकी राष्ट्रपतिले विमानस्थलमै पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकलका रूपमा हेरिन्छ।

ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प पनि स्वागतका लागि उपस्थित थिइन्। सी जिनपिङ आफ्नी श्रीमती पेङ लियुआनसँगै अमेरिका पुगेका हुन्। विमानस्थलमा दुवै जोडीबीच भेटवार्ता तथा औपचारिक स्वागत गरिएको थियो।

सीको भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा औपचारिक राजकीय स्वागत समारोह आयोजना हुँदैछ। त्यसपछि ट्रम्प र सीबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। बिहीबार साँझ सी र पेङ लियुआनको सम्मानमा ह्वाइट हाउसमा राजकीय रात्रिभोजसमेत आयोजना गरिने ह्वाइट हाउसले जनाएको छ।

दुई नेताबीचको वार्तामा व्यापार तथा भन्सार, कृत्रिम बुद्धिमत्ता (एआई), दुर्लभ खनिज, ताइवान, इरान तथा रूस–युक्रेन युद्धलगायतका विषय प्रमुख एजेन्डामा रहने अपेक्षा गरिएको छ। अमेरिका र चीनबीचको व्यापारिक तनाव तथा प्रविधिसम्बन्धी प्रतिस्पर्धाका कारण यो भेटलाई विशेष महत्त्वका साथ हेरिएको छ।

सीको यो भ्रमणलाई ट्रम्पको चीन भ्रमणपछि दुई देशबीच उच्चस्तरीय संवादलाई निरन्तरता दिने प्रयासका रूपमा पनि हेरिएको छ। दुवै पक्षबीच व्यापारसम्बन्धी अस्थायी सहमति लम्ब्याउने विषयमा समेत छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij