२०८३ भाद्र २२ सोमबार

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा तीन जना पक्राउ

ई आर्थिक    सोमबार, भाद्र २२ २०८३
114
Shares
खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा काठमाडौंमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको सितामणी घर भई काठमाडौंको रातोपुल बस्ने २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भई सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौंडा घर भएका २१ वर्षीय सुजन रसाइली रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले रातोपुल नजिक ‘सफिक मासु पसल’ सञ्चालन गरी खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्दै आएका थिए। उनीहरूले बाख्रीको मासु प्रतिकिलो १ हजार ८ सय रुपैयाँका दरले बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले पसलबाट बिक्रीका लागि राखिएको बाख्रीको मासुसहित काट्नका लागि तयारी अवस्थामा राखिएको अर्को बाख्रीसमेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखिएको छ। उनीहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij