२०८३ भाद्र १० बुधबार

मानसरोवर र लाङटाङ पुगेका ३९४ पर्यटक सम्पर्कविहीन

ई आर्थिक    बुधबार, भाद्र १० २०८३
95
Shares
मानसरोवर र लाङटाङ पुगेका ३९४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। बाढी तथा विपद्का कारण उनीहरू हाल कहाँ र कस्तो अवस्थामा छन् भन्नेबारे यकिन जानकारी प्राप्त हुन नसकेको पर्यटन विभागले जनाएको छ।

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार सम्पर्कविहीन पर्यटकमध्ये २९१ जना विदेशी र ९६ जना नेपाली छन्। यद्यपि विभागको रेकर्डमा उल्लेख भएको कुल संख्या र राष्ट्रियताअनुसारको विवरणमा एक जनाको फरक देखिएको छ।

घिमिरेका अनुसार ती पर्यटकहरू विभिन्न गन्तव्यमा रहेका हुन सक्ने भए पनि फोन सम्पर्क हुन नसकेका कारण उनीहरूको अवस्थाबारे जानकारी लिन कठिनाइ भएको हो।

‘मानसरोवर र लाङटाङतिर गएको पर्यटकको रेकर्ड संख्या ३९४ जना हो। उहाँहरू विभिन्न गन्तव्यमा हुनुहुन्छ होला, फोन नलागेका कारण सम्पर्कमा नभएको अवस्था हो,’ घिमिरेले भने।

बाढी आएको समयमा ती पर्यटकहरू कुन स्थानमा थिए भन्ने विवरणसमेत प्राप्त हुन नसकेको विभागले जनाएको छ। उनीहरूको अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

यसैबीच, स्याफ्रुँबेसीमा खटिएका पर्यटक प्रहरी भने सबै सकुशल रहेको पर्यटन विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij