२०८३ भाद्र १० बुधबार

बाढीले १२ जलविद्युत गृहमा क्षति, ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद

ई आर्थिक    बुधबार, भाद्र १० २०८३
114
Shares
बाढीले १२ जलविद्युत गृहमा क्षति, ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद

काठमाडौं । रसुवा भोटेकोशीमा गएको बाढीका कारण १२ जलविद्युत गृहमा क्षति पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले भोटेकोशीमा गएको बाढीका कारण ६ वटा जलविद्युत् र एक सोलार गृहमा प्रत्यक्ष क्षति पुगेको र बाँकी जलविद्युत गृहबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको जानकारी दिए।

प्रवक्ता ढकालका अनुसार १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सलासुङ्गी (सान्जेन), १४.८ मेगावाटको अपर साञ्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिसुली थ्री ए, १४.८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र २५ मेगावाटको सोलार प्रणालीमा प्रत्यक्ष क्षति पुगेको छ।

एघार जलविद्युत गृह र एक सोलार गृहमा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको प्रवक्ता ढकालले बताए। उक्त बाढीले राष्ट्रिय प्रसारणलाइनमा समेत क्षति पुर्‍याएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij