२०८३ भाद्र ७ आइतबार

शिवशिखर सहकारीका जिन्सी सामान लिलाम बिक्री गरिँदै, १५ दिनभित्र प्रक्रिया पूरा गर्न आह्वान

ई आर्थिक    आइतबार, भाद्र ७ २०८३
589
Shares
शिवशिखर सहकारीका जिन्सी सामान लिलाम बिक्री गरिँदै, १५ दिनभित्र प्रक्रिया पूरा गर्न आह्वान

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका विभिन्न शाखा तथा मार्टमा रहेका जिन्सी सामान लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ।

समितिले आइतबार सार्वजनिक सूचना जारी गर्दै सहकारीका कार्यालय तथा मार्टमा रहेका व्यावसायिक र कार्यालय प्रयोजनका सामग्रीहरू लिलाम बिक्री गर्न लागेको जनाएको हो। इच्छुक व्यक्ति वा संस्थालाई तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पूरा गर्न समितिले आह्वान गरेको छ।

समितिका अनुसार ‘समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति लिलाम बिक्री सम्बन्धी कार्यविधि, २०७३’ बमोजिम यी सामान बिक्री गरी फरफारक गर्न लागिएको हो।

लिलाम बिक्रीमा राखिने सामानहरू मुख्यतः तीन स्थानमा रहेका छन्। जसमा:

  • रुपन्देहीको बुटवलस्थित ‘गार्डेन मार्ट’ मा रहेका व्यापारिक तथा कार्यालय प्रयोजनका सामान।
  • कैलालीको लम्की शाखा मा रहेका कार्यालय प्रयोजनका सामग्री।
  • डोटीको सिलगढी शाखा मा रहेका विभिन्न जिन्सी सामान।

समितिले समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन गरी बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यअनुसार सम्पत्ति लिलाम बिक्रीको प्रक्रिया अघि बढाएको जनाएको छ।

लिलाम बिक्रीमा राखिएका सामानको विस्तृत विवरण, मूल्यांकन तथा खरिद प्रक्रियासम्बन्धी जानकारी समितिको आधिकारिक वेबसाइट www.coompc.gov.np मा उपलब्ध रहेको सूचनामा उल्लेख छ।

समितिले इच्छुक व्यक्ति तथा संस्थालाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको प्रक्रिया पूरा गरी लिलाम बिक्रीसम्बन्धी प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij