२०८३ असोज १६ शुक्रबार

समस्याग्रस्त ४ सहकारीका २२३ बचतकर्ताको रकम फिर्ता

ई आर्थिक    शुक्रबार, असोज १६ २०८३
741
Shares
समस्याग्रस्त ४ सहकारीका २२३ बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीका २२३ जना बचतकर्ताको रकम फिर्ता गरेको छ।

समितिका अनुसार शिव शिखर, कान्तिपुर, कृषि विकास र गोर्खा सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरिएको हो। पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको समितिले जनाएको छ।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिँदै आएको स्पष्ट पारेको छ।

समितिका अनुसार बचतकर्ताको बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ। समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गर्ने कार्य निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।

समितिले आगामी चरणमा पनि उपलब्ध स्रोतका आधारमा बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij