२०८३ भाद्र २ मंगलबार

गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

ई आर्थिक    सोमबार, भाद्र १ २०८३
228
Shares
गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

गण्डकी ।  गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयमा पुगेर कार्यालयको गतिविधि तथा आयोजनासम्बन्धी विषयमा जानकारी लिनुभएको छ।

गण्डकी गाउँपालिका–१, भिम्चुलिनार, गोरखास्थित फिल्ड कार्यालयमा पुगेर मन्त्री गुरुङले सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष रूपमा जानकारी लिँदै आयोजनाको अवस्था र कार्यालयबाट भइरहेका कामबारे बुझ्नुभएको हो।

गृहमन्त्री गुरुङले स्थलगत रूपमा कार्यालयको अनुगमन गर्दै आयोजना तथा स्थानीयस्तरमा देखिएका विषयलाई नजिकबाट बुझ्ने प्रयास गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij