२०८३ भाद्र ३१ बुधबार

एक करोडभन्दा बढी पूँजी भएका कम्पनीले अनिवार्य कम्पनी सचिव नियुक्ती गर्नुपर्ने, कम्पनीको व्ययभार बढ्ने

ई आर्थिक    बिहिबार, असार ३२ २०८३
2.1K
Shares
एक करोडभन्दा बढी पूँजी भएका कम्पनीले अनिवार्य कम्पनी सचिव नियुक्ती गर्नुपर्ने, कम्पनीको व्ययभार बढ्ने

ई–आर्थिक, काठमाडौं । एक करोडभन्दा बढी पूँजी भएका कम्पनीले कम्पनी सचिव अनिवार्य नियुक्ती गर्नुपर्ने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले यो नयाँ व्यवस्था गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन । यो नयाँ व्यवस्थासँगै एक करोड भन्दा बढी पूँजी भएका कम्पनीले अनिवार्य कम्पनी सचिव नियुक्ती गर्नुपर्ने भएको छ । कम्पनी सचिव नियुक्ती नगरेका कम्पनीले कम्पनी अद्यावधिक लगायतका सबै सेवाबाट बञ्चित हुनेछन् ।

कम्पनी सचिव नियुक्ती नगरेका कम्पनीको विवरण कम्पनी रजिष्ट्रारको कार्यालयले स्कीकार नगरेको अधिवक्ता खगेन्द्र पाण्डेले जानकारी दिए । एक करोड भन्दा बढी पूँजी भएका कम्पनीको अनलाइनमा विवरण पठाउँदा कम्पनी सचिव नियुक्ती गर्न सुझाएको उनले जानकारी दिए ।

कम्पनी ऐन २०६३ को १८५ मा कम्पनीमा सचिव नियुक्ती गर्नुपर्ने कानुनी व्यवस्था उल्लेख छ ।

एक करोडभन्दा बढी पूँजी भएका कम्पनीले कम्पनी सचिव नियुक्ती गर्दा कम्पनीलाई थप व्ययभार बढ्ने एक कम्पनीका सञ्चालकले जानकारी दिए ।

दफा १८५ : कम्पनी सचिवको नियुक्ति कानुनी व्यवस्था

(१) एक करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी भएको कम्पनीले उपदफा (२) मा उल्लिखित योग्यता पुगेको नेपाली नागरिकलाई कम्पनी सचिवको पदमा नियुक्त गर्नु पर्नेछ ।

(२) प्रचलित कानूनबमोजिम कम्पनी सचिवसम्बन्धी व्यावसायिक प्रमाणपत्र जारी गर्ने अधिकारप्राप्त स्वदेशी वा विदेशी निकायबाट कम्पनी सचिवको व्यावसायिक प्रमाणपत्र प्राप्त गरी कम्तीमा दुई वर्षसम्म सम्बन्धित क्षेत्रमा काम गरेको वा कानून, व्यवस्थापन, वाणिज्य वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातकोपाधि हासिल गरी कम्तीमा तीन वर्षसम्म सम्बन्धित क्षेत्रमा वा कम्पनी व्यवस्थापन क्षेत्रमा काम गरेको नेपाली नागरिक कम्पनी सचिव पदमा नियुक्त हुन सक्नेछ ।

तर यो ऐन प्रारम्भ हुँदाका बखत बहाल रहेको कम्पनी सचिवको हकमा यो ऐन प्रारम्भ भएको मितिले तीन वर्षसम्म यो व्यवस्था लागू हुने छैन ।

(३) सम्बन्धित कम्पनीको सञ्चालक त्यस्तो कम्पनीको सचिवको रुपमा नियुक्त हुन सक्ने छैन ।

(४) कुनै पनि व्यक्ति एकैपटक एकभन्दा बढी कम्पनीको कम्पनी सचिवको पदमा नियुक्त हुन सक्ने छैन । तर कुनै मुख्य कम्पनीको कम्पनी सचिवलाई त्यस्तो कम्पनीको सहायक कम्पनीको कम्पनी सचिव पदमा नियुक्ति गर्न यस व्यवस्थाले बाधा पु¥याउने छैन ।

(५) यस ऐन, प्रचलित कानून वा नियमावलीबमोजिम कुनै काम कम्पनी सचिवले वा निजद्वारा गरिने भनी व्यवस्था भएकोमा सो कम्पनीमा कम्पनी सचिवको पद कुनै कारणले रिक्त रहेमा वा बहालवाला कम्पनी सचिवले त्यस्तो नगरेमा वा गर्न असमर्थता देखाएमा सञ्चालक समितिले त्यस्तो काम गर्न पाउने गरी तोकिदिएको यस ऐन अनुसार योग्यता पुगेको कम्पनीको कुनै कर्मचारीले कम्पनी सचिवको हैसियतमा काम गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij