२०८३ साउन ९ शनिबार

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

ई आर्थिक    मंगलबार, असार २३ २०८३
532
Shares
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

गत असार १ देखि ७ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थी सहभागी हुनका लागि आवेदन दिएका थिए। तीमध्ये १ लाख २९ हजार १ सय ९४ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।

सार्वजनिक नतिजाअनुसार पूरक परीक्षामा सहभागीमध्ये ८३ हजार ५ सय २३ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यस वर्ष ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij