२०८३ भाद्र ३० मंगलबार

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवा सुरु, अब घरबाटै ऋणका लागि आवेदन दिन सकिने

ई आर्थिक    शनिबार, असार २० २०८३
1.3K
Shares
राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवा सुरु, अब घरबाटै ऋणका लागि आवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ।

बैंकले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो।

राष्ट्रिय वाणिज्य बैंकका उप-कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्थाबारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैंकले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको बताए।

‘बैंकको यस प्रयासमार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाइनेछ,’ उनले भने, ‘अनलाइन कर्जा आवेदनका लागि बैंकको आधिकारिक वेबसाइटमार्फत अनलाइन लोन एप्लिकेसनको लिङ्कमा क्लिक गरी ९आरबिबि स्मार्ट लेन्डिङ डिजिटल लोन पोर्टल RBB Xmart Lending Digital Loan Portal मा जानुपर्नेछ।’

बैंकका अनुसार उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी युजर रजिष्टेसनमार्फत दर्ता गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij