२०८३ साउन ९ शनिबार

राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज हुँदै

ई आर्थिक    बुधबार, असार १० २०८३
608
Shares
राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज हुँदै

धनगढी।  नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरस्थित एक मनिचेञ्जर कम्पनीको इजाजतपत्र खारेज प्रक्रिया अघि बढाएको जनाएको छ।

बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै भीमदत्तनगर–४, महेन्द्रनगर, कञ्चनपुरमा रहेको राष्ट्रिय मनिचेञ्जर प्रा.लि.ले आफ्नो मनिचेञ्जर कारोबार बन्द गर्न निवेदन दिएको जानकारी गराएको हो।

सूचनाअनुसार कम्पनीले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७को विनियम २२ बमोजिम कारोबार बन्द गर्न निवेदन पेश गरेपछि इजाजतपत्र खारेज गर्ने प्रक्रिया सुरु गरिएको हो।

नेपाल राष्ट्र बैंकले उक्त मनिचेञ्जरसँग कसैको लेनदेन, दाबी वा अन्य कुनै सरोकार भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र धनगढी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

विनियमावलीको उप–विनियम (२) बमोजिम सम्बन्धित सबै पक्षलाई जानकारी गराउने उद्देश्यले यो सूचना प्रकाशित गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij