२०८३ साउन ९ शनिबार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहता र कोरियाली राजदूतबीच शिष्टाचार भेट, स्वास्थ्य सहकार्य विस्तारमा जोड

ई आर्थिक    मंगलबार, असार २ २०८३
1.4K
Shares
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहता  र कोरियाली राजदूतबीच शिष्टाचार भेट, स्वास्थ्य सहकार्य विस्तारमा जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कसँग आज मन्त्रालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ।

भेटका क्रममा नेपाल र गणतन्त्र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको द्विपक्षीय सहकार्यका विविध विषयमा विस्तृत छलफल भएको थियो।

विशेषगरी स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धि, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य पर्यटन प्रवर्द्धन तथा जडीबुटी एवं औषधि उत्पादनका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।

उक्त अवसरमा मन्त्री मेहताले गणतन्त्र कोरियामा कार्यरत नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले नेपाली कामदारहरूको स्वास्थ्य हितलाई प्राथमिकतामा राख्दै आवश्यक सहकार्यका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

जवाफमा राजदूत तेयोङ पार्कले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले स्वास्थ्य क्षेत्रसहित विभिन्न विकासका क्षेत्रमा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ, प्रभावकारी र परिणाममुखी बन्ने विश्वास व्यक्त गर्नुभयो।

भेटघाटले नेपाल र गणतन्त्र कोरियाबीच स्वास्थ्य क्षेत्रको साझेदारीलाई थप मजबुत बनाउन तथा आपसी सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij