२०८३ साउन १० आइतबार

११ महिनामा नेपालमा ४७ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता

ई आर्थिक    सोमबार, असार १ २०८३
1.3K
Shares
११ महिनामा नेपालमा ४७ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले ४७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागका अनुसार साउनदेखि जेठसम्म ९१४ उद्योगका लागि उक्त लगानी प्रतिबद्धता आएको हो।

सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै ५७७ उद्योग दर्ता भएका छन् भने कृषि क्षेत्रमा सबैभन्दा ठूलो, २२ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रमा पनि करिब १३ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

यी उद्योग सञ्चालनमा आएमा करिब २५ हजारभन्दा बढी रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।

यद्यपि प्रतिबद्धता अनुसार वास्तविक लगानी भित्र्याउने र उद्योग सञ्चालनमा ल्याउने चुनौती अझै कायम रहेको उद्योग विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij