२०८३ साउन ९ शनिबार

दश महिनामा ३१ अर्ब ३१ करोड सवारीसाधन आयात

ई आर्थिक    आइतबार, जेष्ठ १७ २०८३
1.3K
Shares
दश महिनामा ३१ अर्ब ३१ करोड सवारीसाधन आयात

वीरगञ्ज ।  चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्य बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा रु नौ अर्ब ६५ करोडले आयात बढेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै चालु आवको १० महिनामा रु २० अर्ब ५२ अर्ब राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु १६ अर्ब ६४ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको १० महिनामा रु एक अर्ब २५ करोड बराबरका सवारीसाधनको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन भएको छ ।

यसैगरी, रु सात अर्ब ३२ करोड बराबरका मूल्य पर्ने ५१ हजार ४२३ वटा ‘अन एसेम्बल्ड’ मोटरसाइकल आयातबाट रु सात अर्ब नौ अर्ब राजस्व असुली भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij