२०८३ भाद्र २९ सोमबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे बयान दिन सीआईबीको सम्पर्कमा !

ई आर्थिक    बुधबार, बैशाख ३० २०८३
3.1K
Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे बयान दिन सीआईबीको सम्पर्कमा !

ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे बयान दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो -सीआईबी) को सम्पर्कमा पुगेका छन् । धितो जमानीमा राखेको स्मार्ट सेलको सम्पत्ति लिलामी विषयमा विवाद भएपछि सोही विषयमा उनी सीआईबीको सम्पर्कमा पुगेको पाण्डे निकट बैंक स्रोतले जानकारी दिएको छ ।

‘कुनै पनि विषयमा बिवाद भएपछि त्यसलाई सफाई दिनु उहाँको कर्तब्य होे ।’ उनी निकट स्रोतले भने– ‘सफाई दिएर संभवत उहाँ चाँडै नियमित काममा फर्कनु हुन्छ भन्ने हामीलाई विश्वास छ ।’

सीआईबीको सम्पर्कमा पुग्नु अघि उनी कामको शिलशिलामा सिन्धुली गएको पनि सो स्रोतले जानकारी दिएको छ ।

काठमाडौंको रक्तकाली ठेगाना भएका ६३ बर्षिय पाण्डे हाल ललितपुरको मानभवन बस्दै आएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij