काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यमा सामान्य परिवर्तन देखिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ घटेको भने चाँदीको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँदी ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च स्तरमै रहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ७ सय १५ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ८० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको बताइएको छ।