काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढी हो। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ५५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा १ सय ७५ रुपैयाँले वृद्धि भएको हो। मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा सुन र चाँदीको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ६ सय ३० अमेरिकी डलर र चाँदी प्रतिऔँस ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।