२०८३ भाद्र ३० मंगलबार

एमआरपी विवादले वीरगन्ज भन्सार ठप्प, एक सातादेखि जाँचपास प्रभावित

ई आर्थिक    मंगलबार, बैशाख २२ २०८३
2K
Shares
एमआरपी विवादले वीरगन्ज भन्सार ठप्प, एक सातादेखि जाँचपास प्रभावित

रक्सौलतर्फ मालवाहक सवारीको लाम, दैनिक अर्बौँ राजस्व सङ्कलनमा असर

काठमाडौं : मुलुककै प्रमुख आयात नाका वीरगन्ज भन्सार कार्यालयको सेवा प्रवाह एक सातादेखि प्रभावित भएको छ। आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्ने निर्णयपछि उत्पन्न विवादका कारण भन्सार जाँचपास प्रक्रिया ठप्पजस्तै बनेको हो।

अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा तरकारी–फलफूल बाहेक अन्य अधिकांश वस्तुको जाँचपास हुन सकेको छैन। गत वैशाख १५ गतेदेखि आयातकर्ता तथा निर्यातकर्ताले भन्सार प्रक्रिया नै बहिष्कार गरेपछि समस्या चर्किएको हो।

यसका कारण भारतको रक्सौल क्षेत्रमा मालवाहक सवारीसाधन थुप्रिने क्रम बढ्दो छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार दैनिक दुई सयभन्दा बढी सवारी थपिँदा करिब एक हजार चार सय सवारीसाधन जाँचपासको प्रतीक्षामा रोकिएका छन्।

प्रक्रिया अगाडि बढाउन तयार तर आयातकर्ताले फाराम भर्ने र घोषणा गर्ने काममा सहभागी नहुँदा जाँचपास रोकिएको  भन्सार कार्यालयले जानकारी दियो । उनका अनुसार भन्सार विभागले समस्या समाधानका लागि आवश्यक समन्वय गरिरहेको छ।

एमआरपी लागू गर्ने निर्णयको आयातकर्ता तथा निर्यातकर्ताले विरोध जनाउँदै आएका छन्। भन्सार अवरोधका कारण भारतीय सडकसम्म सवारीको लाम लागे छन्।

वीरगन्ज भन्सार कार्यालयले सामान्य अवस्थामा दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व सङ्कलन गर्दै आएको छ। वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले समस्या लामो समयसम्म रहँदा राज्य र व्यवसायी दुवैलाई नोक्सान हुने भन्दै छिटो समाधानका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij