काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। गत शुक्रबारको तुलनामा सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला ६५ रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य बढेर प्रतितोला ५ हजार १० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, सुनको मूल्य प्रति औँस ४ हजार ७ सय ५० अमेरिकी डलर रहेको छ भने चाँदी प्रति औँस ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन देखिएको महासंघले जनाएको छ।