२०८३ साउन ९ शनिबार

कानुन मन्त्री गौतम र जापानी राजदूतबीच भेटवार्ता, एआई र प्रविधि नियमनमा कानुनी सहकार्य बढाउने

ई आर्थिक    बिहिबार, बैशाख १० २०८३
1.4K
Shares
कानुन मन्त्री गौतम र जापानी राजदूतबीच भेटवार्ता, एआई र प्रविधि नियमनमा कानुनी सहकार्य बढाउने

काठमाडौँ ।  कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत एच.ई. मिस्टर माेडा तोरु (H.E. Mr. Maeda Toru) ले शिष्टाचार भेटघाट गर्नुभएको छ।

भेटमा जापानी राजदूतले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

छलफलका क्रममा मन्त्री गौतम र राजदूत माएदा बीच कानुन सुधारसम्बन्धी विगतको सहकार्यलाई निरन्तरता दिने विषयमा सहमति भएको छ। साथै सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका प्रविधिको बढ्दो प्रयोग र बदलिँदो विश्व परिवेशमा तिनको नियमनका लागि उपयुक्त कानुनी व्यवस्था आवश्यक रहेको विषयमा जोड दिइएको छ।

दुवै पक्षले सहकार्यका नयाँ क्षेत्र पहिचान गर्दै आपसी सहयोग विस्तार गर्ने विषयमा पनि छलफल गरेका छन्। साथै, जापान सरकारलाई आवश्यक पर्ने कुनै पनि विषयमा नेपाल सधैं संवादका लागि खुला रहेको सन्देश समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij