काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। बुधबार सुन प्रतितोला ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३० रुपैयाँले सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँ कायम रहेको थियो।
यस्तै, आज चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार १६० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिने गरेको व्यवसायीहरू बताउँछन्।