२०८३ साउन १२ मंगलबार

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित हुँदा सेवाप्रवाह प्रभावित भए कारबाही गर्ने चेतावनी

ई आर्थिक    मंगलबार, चैत्र २४ २०८२
2.3K
Shares
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित हुँदा सेवाप्रवाह प्रभावित भए कारबाही गर्ने चेतावनी

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूको अनुपस्थितिका कारण सेवा प्रवाह प्रभावित भएको भन्दै कडा चेतावनी दिएको छ।

मन्त्रालयले सोमबार जारी गरेको सूचनामा विभिन्न स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरू नियमित रूपमा कार्यालयमा उपस्थित नभएको गुनासो बढ्दै गएको उल्लेख गरिएको छ। यसले सेवा प्रवाहमा समस्या उत्पन्न भएको मन्त्रालयको निष्कर्ष छ।

सूचनामार्फत मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई जिम्मेवारीपूर्वक कामकाज गर्न निर्देशन दिएको छ। साथै, तोकिएको जिम्मेवारी पूरा नगरेर सेवा प्रवाहमा अवरोध सिर्जना गरेमा सम्बन्धित कर्मचारीमाथि कारबाही गरिने स्पष्ट गरिएको छ।

मन्त्रालयले सबै सम्बन्धित निकाय तथा कर्मचारीलाई उत्तरदायी र जिम्मेवार भई प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij