२०८३ साउन ९ शनिबार

काठमाडौंमा गुण्डागर्दीविरुद्ध प्रहरी अपरेशन: १८ जना पक्राउ, १९५ जनामाथि अनुसन्धान

ई आर्थिक    शनिबार, चैत्र २१ २०८२
2.1K
Shares
काठमाडौंमा गुण्डागर्दीविरुद्ध प्रहरी अपरेशन: १८ जना पक्राउ, १९५ जनामाथि अनुसन्धान

काठमाडौं : राजधानीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा प्रहरीले गुण्डागर्दीमा संलग्न १८ जनालाई पक्राउ गरेको छ भने १९५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

अपराध अनुसन्धान कार्यालयजिल्ला प्रहरी परिसर काठमाडौं को संयुक्त अभियानअन्तर्गत विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पक्राउ परेका १८ जनामध्ये १३ जनालाई अपराध अनुसन्धान कार्यालयले र ५ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो। बाँकी १९५ जनामाथि पनि शंकास्पद गतिविधिका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ।

अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका १३ जनामा सजिंव लामा, अशोक गिरी, वकिल वम, सुरेश गुरुङ (किमजोङ), संजिव राई, राजकुमार तामाङ, बिनोद ठकुरी, शेर्पा लामा, राहुल राई, समेश तामाङ, सुन बहादुर तामाङ, वीर बहादुर लामा र महेश महत रहेका छन्।

त्यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौंले प्रविण तामाङ (डिम्पल), बिर्जु महर्जन, सुजन कार्की, सरु हुमागाईं र विकि लामा लाई पक्राउ गरेको छ। प्रहरीले उनीहरू विभिन्न क्षेत्रहरूमा लुटपाट, धम्की तथा अवैध गतिविधिमा संलग्न रहेको जनाएको छ।

प्रहरीले राजधानीमा शान्ति–सुरक्षा कायम गर्न यस्ता अभियानलाई निरन्तरता दिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij