काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनी वीक कार्यक्रम सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता महाशाखाको निर्देशन अनुसार संस्थाले बालबालिका तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
हरेक वर्षझैं यस वर्ष पनि मार्च १८ देखि २४ गतेसम्म “Think before you follow, wise money tomorrow” भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको थियो। संस्थाको प्रदेश कार्यालय अन्तर्गत रहेका २२ वटा शाखा कार्यालयमार्फत कार्यक्रम सञ्चालन गरिएको थियो।
उक्त अभियानमा करिब १,०५८ जना बालबालिका, युवा तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममार्फत सहभागीहरूलाई वित्तीय ज्ञान, सीप र सकारात्मक वित्तीय व्यवहार विकास गर्न प्रेरित गरिएको संस्थाले जनाएको छ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यार्थी लक्षित विभिन्न सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएको थियो। यस अभियानले बालबालिका, युवा, सदस्य तथा समग्र समाजमा सकारात्मक सन्देश प्रवाह भएको विश्वास संस्थाले लिएको छ।