२०८३ साउन १० आइतबार

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत

ई आर्थिक    बिहिबार, चैत्र १२ २०८२
798
Shares
कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत

मोरङ।  कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छवटा निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बसेको वैठकले प्रदेश भवन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए।

त्यसैगरी प्रदेश सरकारले २०८३ सालमा दिने सार्वजनिक बिदा पनि स्वीकृत गर्नुका साथै वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँटका लागि निर्धारण गरिएको सीमा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

बैठकले गत असोज १८ र १९ गते बाढीपहिरो साथै यही चैत १ र २ गते आएको हावाहुन्डरीबाट क्षति भएका क्षेत्रमा पुनः निर्माण गर्नका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा रहेको विपद् कोषमा १५ करोड जम्मा गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij