२०८३ साउन ९ शनिबार

मरहट्टा सेवा प्रतिष्ठानको ९ औँ वार्षिकोत्सव तथा १०औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

ई आर्थिक    बुधबार, चैत्र ११ २०८२
7.4K
Shares
मरहट्टा सेवा प्रतिष्ठानको ९ औँ वार्षिकोत्सव तथा १०औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

काठमाडौं ।  मरहट्टा सेवा प्रतिष्ठानको ९औँ वार्षिकोत्सव तथा १०औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुव वावु मरहट्टाको अध्यक्षतामा आयोजित कार्यक्रम उत्साहजनक सहभागिताबीच सम्पन्न भएको हो।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव दिपक वावु मरहट्टाले गरेका थिए। उनले आफ्नो सम्बोधनमा प्रतिष्ठानको औचित्यबारे प्रकाश पार्दै संस्था स्थायी भए पनि कार्यसमितिहरू उत्तराधिकारमा निरन्तरता पाउने संरचनाभएको उल्लेख गरे। उनले विगतका कार्यसमितिमा रहेर योगदान दिएका व्यक्तिहरूबीच समन्वय र अनुभव आदान–प्रदानको आवश्यकता औंल्याए।

कार्यक्रमका प्रमुख अतिथि जेष्ठ सदस्य हेमलाल मरहट्टा तथा विशेष अतिथि जेष्ठ महिला सदस्य सीता देवी मरहट्टा रहेका थिए। प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो भने अन्य अतिथिहरूले स्थापना दिवसको अवसरमा केक काटेर कार्यक्रमलाई उल्लासपूर्ण बनाएका थिए।

प्रतिष्ठानका सचिव हरिप्रसाद मरहट्टाले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित अतिथि तथा बन्धुवान्धवलाई स्वागत गरेका थिए। उनले मरहट्टा समुदायको एकता, सद्भाव र पहिचान सुदृढ गर्न सबैलाई एकजुट भएर लाग्न आग्रह गरे। साथै वंशावली पुनर्लेखन, खोज तथा अनुसन्धानको कार्य अगाडि बढिसकेको जानकारी पनि गराए।

कार्यक्रममा अतिथिहरू वशुदेव मरहट्टा, नानीराम मरहट्टा, रामजी प्रसाद मरहट्टा, केशव मरहट्टा, प्राशिवहरी मरहट्टा र काशीनाथ मरहट्टा लगायतले स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यस अवसरमा प्रतिष्ठानको नयाँ लोगो सार्वजनिक गरिएको थियो भने २४५ जना आजीवन सदस्यहरूलाई वितरण गरिएको जानकारी दिइयो। साथै महिला समूह, युवा समूह र लेखा समितिका पदाधिकारीहरूलाई टीका तथा माला लगाएर सम्मान गरिएको थियो।

कार्यक्रममा आजीवन सदस्यहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो। अन्त्यमा अध्यक्ष ध्रुव वावु मरहट्टाले मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका आगामी योजना र उद्देश्यबारे जानकारी गराउँदै सबैको साथ र सहयोग आवश्यक रहेको बताएपछि कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij