२०८३ साउन १२ मंगलबार

तीन व्यवसायिक फर्मलाई बाणिज्य विभागको कारवाही

ई आर्थिक    मंगलबार, चैत्र १० २०८२
1.9K
Shares
तीन व्यवसायिक फर्मलाई बाणिज्य विभागको कारवाही

काठमाडौं । नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन तीन वटा फर्मलाई जरिवाना गरेको छ। स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवाः ग्रोसरी, प्रमिसा खाद्यस्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो।

विभागका अनुसार ललितपुर महानगरपालिका २२ बुङ्मतिमा रहेको सुवा ग्रोसरीलाई रु ५० हजार जरिवाना गरेको छ। ललितपुर महानगरपाली-१८ मगरगाउँमा अवस्थित प्रमिसा खाद्यस्टोरलाई रु १० हजार र सूर्यविनायक नगरपालिका-६ पाण्डु बजारमा अवस्थित एजे सप्लायर्सलाई रु १० हजार जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ। ती फर्मलाई विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको छ।

विभागले थप १२ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकाय समेतको उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij