हुण्डी तथा अभौतिक मुद्रा समेतको अवैध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरेशलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको थियो ।
सोधपुछको क्रममा उनले दिप्ती र प्रवेशको लागि USDT खरिद बिक्री गर्ने गरेको भन्ने खुल्न आए पश्चात दिप्तीलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीस्थित रेडहनपुलबाट नगद १५ लाख ३० हजार रूपैयाँ सहित र प्रवेशलाई ललितपुर महानगरपालिका-१३ एकान्तकुनाबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा प्रवेशले आफ्नो मोबाइलबाट BINANCE ID प्रयोग गरी हाल सम्म १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५ सय ८० रूपैयाँ ४ पैसा रकम बराबरको कारोबार गरेको खुल्न आएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।