२०८३ साउन ९ शनिबार

मध्यपूर्वको परिस्थितिका कारण मागपत्र प्रमाणीकरण अस्थायी रूपमा स्थगित

ई आर्थिक    बिहिबार, फाल्गुन २८ २०८२
1.3K
Shares
मध्यपूर्वको परिस्थितिका कारण मागपत्र प्रमाणीकरण अस्थायी रूपमा स्थगित

अबुधाबी ।  मध्यपूर्व क्षेत्रमा देखिएको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अबुधाबीस्थित नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरण (डिमाण्ड अटेस्टेसन) सम्बन्धी सेवा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।

नेपाल सरकारको उच्चस्तरीय आपतकालीन प्रतिक्रिया टोली (ईआरटी) को २०८२ फागुन २० गतेको निर्णयअनुसार राजदूतावासले उक्त सेवा अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको जानकारी दिएको हो।

राजदूतावासद्वारा जारी सूचनामा नियमित रूपमा सञ्चालन हुँदै आएको मागपत्र प्रमाणीकरणको काम हालका लागि बन्द गरिएको उल्लेख गरिएको छ। सो सेवा दुबईस्थित नेपाली महावाणिज्यदूतावासमार्फत पनि अस्थायी रूपमा रोकिएको छ।

राजदूतावासले क्षेत्रीय परिस्थितिको मूल्यांकनपछि अर्को सूचना जारी गरेर सेवा पुनः सञ्चालनबारे जानकारी गराइने जनाएको छ।

मागपत्र प्रमाणीकरण सेवा वैदेशिक रोजगारीका लागि मध्यपूर्व जाने नेपाली कामदारको प्रक्रिया अन्तर्गत महत्वपूर्ण मानिन्छ।

राजदूतावासले सम्बन्धित सबै सरोकारवालालाई उक्त निर्णयबारे जानकारी लिन र आगामी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेको छ।

यो सूचना २०८२ फागुन २७ गते (११ मार्च २०२६) मा जारी गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij