काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्षभित्र युवाहरूका लागि १५ लाख रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरेका छन्। उनले कृषि, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधि जस्ता क्षेत्रहरूमा लक्षित योजना बनाएर दक्ष रोजगारी सिर्जना गर्ने बताए।
थापाले युवाहरूको डिजिटल स्वतन्त्रता र सिर्जनाको सम्मान सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। “हालका युवाहरूले कला, साहित्य र सिर्जनामा योगदान दिएका छन्, तर त्यसलाई बजारमा पुर्याउने अवसर छैन। हामी यसका लागि व्यवस्था गर्न लागिपरेका छौँ,” उनले भने।
उनीहरूले ब्रेन ड्रेनसँगै ब्रेन गेनको योजना पनि अघि सारे। विदेश पलायन भएका दक्ष जनशक्तिलाई नेपालमै काम गर्न योग्य वातावरण बनाउने र घरमै दक्ष रोजगारी उपलब्ध गराउने व्यवस्था गरिनेछ।
सभापति थापाले भ्रष्टाचारमुक्त नेपाल बनाउन कांग्रेस कटिबद्ध रहेको पनि बताए। “भ्रष्टाचारमा मुछिएका व्यक्तिको पद वा नाता हेर्ने छैन। जसले भ्रष्टाचार गरेको छ, उसलाई सार्वजनिक पदमा बस्न दिइने छैन। पुराना नेताहरूमा समेत छानबिन गरिनेछ,” उनले स्पष्ट पारे।
उनीहरूले सार्वजनिक सेवा प्रणालीलाई कार्यालय केन्द्रित नभई नागरिक केन्द्रित बनाउने योजना अघि सारेका छन्। समयमै सेवा नपाए नागरिकलाई क्षतिपूर्ति दिने व्यवस्था, डिजिटल सार्वजनिक सेवा सातै दिन २४ घण्टा उपलब्ध गराउने व्यवस्था पनि योजना अन्तर्गत राखिएको छ।
विदेश पलायन भएका दक्ष जनशक्तिलाई नेपालमै संस्थागत रूपमा काम गर्ने वातावरण सिर्जना गर्ने र युवाहरूलाई घरमै दक्षतापूर्ण रोजगारी उपलब्ध गराउने उपायहरू बनाएको उनले बताए।
भ्रष्टाचारमुक्त नेपाल बनाउने प्रतिवद्धतासमेत उनले दोहोर्याए। “भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता वा पद हेर्ने छैन। जोसुकैले गरेको भए पनि सार्वजनिक पदमा बस्ने अधिकार छैन। २०४७ साल यता सबै पार्टीका नेताहरूमा भ्रष्टाचार छानबिन गरिनेछ,” सभापति थापाले भने।
उनीहरूले सार्वजनिक सेवा प्रणालीलाई कार्यालय केन्द्रितभन्दा नागरिक केन्द्रित बनाउने, समयमै सेवा नपाए क्षतिपूर्ति पाउने व्यवस्था गर्ने र डिजिटल सार्वजनिक सेवा सातै दिन, २४ सै घण्टा उपलब्ध गराउने योजना रहेको पनि जानकारी दिए।