२०८३ साउन ९ शनिबार

एनआई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म ‘साथी घर कर्जा’ योजना सार्वजनिक

ई आर्थिक    शुक्रबार, फाल्गुन १ २०८२
2K
Shares
एनआई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म ‘साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकहरूको घर सम्बन्धी आवश्यकता पूरा गर्न लक्षित गर्दै नयाँ घर कर्जा योजना ‘एन आई सी एशिया साथी घर कर्जा’ सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको अनुसार, यस योजना अन्तर्गत न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्मको कर्जा उपलब्ध हुनेछ। कर्जा ७ वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध हुने भएको छ।

यस योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण वा पुनःनिर्माण, र घडेरी खरिदका लागि सहज कर्जा प्रक्रिया मार्फत सुविधा उपलब्ध हुनेछ। कर्जा अवधि अधिकतम २५ वर्षसम्म कायम रहने बैंकले जनाएको छ।

पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र धितो सुरक्षण अनुपात अधिकतम ८० प्रतिशत रहनेछ भने अन्य ग्राहकको हकमा अधिकतम ७० प्रतिशत कायम गरिनेछ। साथै, यस योजना अन्तर्गत कर्जा लिने ग्राहकहरूले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा पाउने सुविधा पनि रहेको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी राजेश रावलले योजना सार्वजनिक गर्दै यसले ग्राहकहरूको घर सम्बन्धी सपना साकार पार्न ठोस टेवा पुर्‍याउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij