२०८३ साउन ११ सोमबार

नेपाली कांग्रेसको कार्यवाहक मुख्य सचिव जिम्मेवारी दुलालले पाए

ई आर्थिक    बुधबार, माघ २१ २०८२
2.3K
Shares
नेपाली कांग्रेसको कार्यवाहक मुख्य सचिव जिम्मेवारी दुलालले पाए

काठमाडौँं। नेपाली कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जिम्मेवारी पाएका छन् ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको राजीनामा स्वीकृत गरेसंगै का.व मूख्य सचिवको जिम्बेवारी दुलालले पाएका हुन् ।

पार्टीको विधान, नियमावली तथा कर्मचारी नियम अनुसार अर्को व्यवस्था नभएसम्म केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई मुख्य सचिवको जिम्मेवारी दिइएको छ।

वि.सं. २०७३ वैशाख २७ देखि पार्टीको मुख्य सचिवको जिम्मेवारी सम्हाल्दै आएका पौडेलको योगदानको कदर गर्दै सभापति थापाले व्यक्तिगत र पार्टी तर्फबाट धन्यवाद व्यक्त गरे ।

नेपाली कांग्रेसले यस निर्णयसँगै केन्द्रीय कार्यालयको प्रशासनिक कामकाज निरन्तर र सुव्यवस्थित रहन सक्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij