२०८३ साउन ११ सोमबार

६ महिनामा ७८१ नयाँ उद्योग दर्ता, १ खर्ब ३० अर्ब लगानी प्रतिबद्धता

ई आर्थिक    बुधबार, माघ २१ २०८२
3.1K
Shares
६ महिनामा ७८१ नयाँ उद्योग दर्ता, १ खर्ब ३० अर्ब लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ७ सय ८१ वटा नयाँ उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म दर्ता भएका ती उद्योगमार्फत १ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ।

दर्ता भएका उद्योगमध्ये अधिकांश साना प्रकृतिका छन्। कुल उद्योगमध्ये करिब ९१ प्रतिशत साना, करिब ४–४ प्रतिशत ठूला र मझौला उद्योग रहेका छन्।

यी उद्योगबाट ३२ हजारभन्दा बढी रोजगारी सिर्जना हुने प्रस्ताव गरिएको छ।

सोही अवधिमा ४ सय ७५ परियोजनामा विदेशी लगानी स्वीकृत भएको छ, जसमा करिब ३९ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। विदेशी लगानीबाट २० हजारभन्दा बढीलाई रोजगारी दिने प्रस्ताव गरिएको छ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी उद्योग सूचना प्रविधिमा दर्ता भएका छन्। त्यसपछि पर्यटन, उत्पादनमूलक, सेवा, ऊर्जा र कृषि क्षेत्रमा नयाँ उद्योग थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij