२०८३ साउन १२ मंगलबार

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

ई आर्थिक    बिहिबार, माघ ८ २०८२
2.2K
Shares
लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ। पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो।

कुश्मा नगरपालिका-४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा १२९ मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माणका लागि २ करोड ९६ लाख ३४ हजार ८ सय ३७ रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना कार्यालयका इन्जिनियर नरजंग गुरुङले जानकारी दिए।

चालुु आर्थिक वर्षभित्र कम्पोजिट पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको बताउँदै उनले चालु आर्थिक वर्षमा लामाखेतसहित कालीगण्डकीको कटान जोखिममा रहेका पर्वत र मुस्ताङका ६ स्थानमा नदी नियन्त्रण आयोजना कार्यान्वयन भइरहेका बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij