२०८३ भाद्र ३१ बुधबार

काठमाडौं–५ बाट कांग्रेस महामन्त्री प्रदीप पौडेलको उम्मेदवारी दर्ता

ई आर्थिक    मंगलबार, माघ ६ २०८२
3.2K
Shares
काठमाडौं–५ बाट कांग्रेस महामन्त्री प्रदीप पौडेलको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। पौडेलले मंगलवार निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

महामन्त्री पौडेल यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेर विजयी भएका थिए। यसपटक पनि उनी सोही क्षेत्रबाट पुनः उम्मेदवार बनेका हुन्।

काठमाडौं–५ मा नेकपा एमालेले ईश्वर पोखरेललाई उम्मेदवार बनाएको छ। गत निर्वाचनमा पनि पौडेल र पोखरेलबीच नै कडा प्रतिष्पर्धा भएको थियो। यसपटक पनि उनीहरू आमनेसामने भएका छन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यस क्षेत्रमा पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको छ। प्रमुख दलका शीर्ष नेताहरू उम्मेदवार बनेसँगै काठमाडौं क्षेत्र नम्बर ५ को निर्वाचन थप रोचक हुने देखिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलवार देशभर मनोनयन दर्ताको प्रक्रिया जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij