२०८३ साउन ९ शनिबार

घरजग्गा कारोबार र राजस्वमा उल्लेख्य वृद्धि, ५ अर्ब १७ करोड राजस्व संकलन

ई आर्थिक    सोमबार, माघ ५ २०८२
2.4K
Shares
घरजग्गा कारोबार र राजस्वमा उल्लेख्य वृद्धि, ५ अर्ब १७ करोड राजस्व संकलन

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पौष महिनामा घरजग्गाको कारोबारमा वृद्धि भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, यस महिनामा १ लाख ६२ हजार ८७७ पटक घरजग्गा कारोबार भएको छ, जुन गत वर्षको तुलनामा १५.८ प्रतिशतले बढी हो।

पौषमा ५९ हजार ३०४ जग्गा कित्ताकाट गरी १ लाख ३३ हजार १३४ कित्तामा विभाजन गरिएको छ। घरजग्गा कारोबारबाट संकलित राजस्व ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ पुगेको छ, गत वर्षको तुलनामा २१.६५ प्रतिशतले वृद्धि भएको हो।

सबैभन्दा बढी राजस्व ललितपुरको लगनखेल मालपोत कार्यालयले उठाएको छ (४१ करोड ५० लाख रुपैयाँ), त्यसपछि काठमाडौंको डिल्लीबजार (३५ करोड ८८ लाख), भक्तपुर (३५ करोड ८५ लाख) र चाबहिल (३५ करोड ४८ लाख) रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij