२०८३ असोज १ बिहिबार

केन्द्रीय कार्यसमितिको निर्णय बुझाउन सभापति गगन थापा सहितको टोली निर्वाचन आयोगमा

ई आर्थिक    बिहिबार, माघ १ २०८२
1.3K
Shares
केन्द्रीय कार्यसमितिको निर्णय बुझाउन सभापति गगन थापा सहितको टोली निर्वाचन आयोगमा

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति पहिलो बैठकपछि पार्टी विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका छन्।

केन्द्रीय समितिको बैठकले पार्टीका सबै विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो। सोहीअनुसार आज सभापति  थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू आयोग पुगेका हुन्।

बुधबार सम्पन्न विशेष महाधिवेशनमा गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो।

कानुनी प्रक्रिया अनुसार पार्टीले नयाँ नेतृत्व चयन गरेपछि अधिलेख अद्यावधिकका लागि आयोगमा जानकारी गराउनुपर्छ।

कांग्रेसको कानुनी सल्लाहकारका अनुसार, टोली बिहीबार मध्यान्हतिर आयोगमा उपस्थित हुने कार्यक्रम तय गरिएको छ।

उता, शेरबहादुर देउवा नेतृत्वको समूहले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै निर्वाचन आयोगलाई पत्र पठाइसकेको छ।

गगनको नेतृत्वमा घोषणा पत्र समिति, विश्वप्रकाश चुनावी कमान्डर

सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणा पत्र तयार गर्ने तथा समिति गठन गर्ने निर्णय गरेको छ ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति पनि बनाउने तय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij