२०८३ भाद्र ३० मंगलबार

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

ई आर्थिक    बुधबार, पौस ३० २०८२
1.6K
Shares
एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

काठमाडौं । एन आई सी एशिया बैंकले  सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त गरेको छ ।

बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव  भएकी अनुपा प्रधान राजभण्डारी  बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक  राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकि छिन् ।

बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गर्नु  गरेकी उनले  तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेकि थिइन् ।

बैंकको सञ्चालक पदमा नियुक्त भएकोमा राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij