२०८३ असोज १ बिहिबार

कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन थापाको उम्मेदवारी

ई आर्थिक    बुधबार, पौस ३० २०८२
1.9K
Shares
कांग्रेस विशेष महाधिवेशनः  सभापतिमा गगन थापाको उम्मेदवारी

काठमाडौं ।  नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ मोड आएको छ। संस्थापन पक्षसँग भएको संवाद सहमति नजुटेपछि गगन थापाले पार्टी सभापति पदमा उम्मेदवारी दिएका हुन्।

निर्वाचन समितिले दिएको जानकारीअनुसार सभापति पदका लागि थापाको मात्र उम्मेदवारी परेको छ।

महाधिवेशनको कार्यतालिका अनुसार आजै मतदान प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

विशेष महाधिवेशनको राजनीतिक घटनाक्रमसँगै नेतृत्व चयन प्रक्रियाले तीव्रता पाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij