काठमाडौं । सानीमा बैंक एनपीएस-एनसीएस तथा नेपालपे कार्डमा आवद्ध भएको छ ।
सानिमा बैंक र एनसीएचएल बीच एनसीएचएलबीच एनपीएस-एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको हो । उक्त औपचारिक कार्यक्रममा दुवै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको छ।
सम्झौतापछि सानिमा बैंकले आफ्नो स्वीच इन्टिग्रेसन पूरा गरी ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्न आफ्नै डोमेस्टिक कार्ड स्किम इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेटको कारोबार अक्वायर गर्न सक्नेछ। हालसम्म एनपीएस-एनसीएस नेपालपे कार्ड ३३ वटा बैंक तथा वित्तीय संस्था प्रिन्सिपल मेम्बरको रूपमा आवद्ध भइसकेका छन्, जसमध्ये १२ वटा बैंक वित्तीय संस्थाले लाइभ अपरेसन सुरु गरिसकेका छन्।
एनसीएचएलले हालै एनसीएचएलबीच एनपीएस-एनसीएस व्यवसायीक रोलआउट सुरु गरेको छ र अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपाल पे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ। नेशनल पेमेंट स्विच अन्तर्गत नेपाल पे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल तथा विश्वव्यापी एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछन्।
एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरू बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिएको हो। यस प्रणालीले डोमेस्टिक कार्ड कारोबारको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणको विकास तथा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।
हरेक बैंकले कार्ड सम्बन्धी विभिन्न उत्पादन तथा सेवा विस्तार गर्न आफ्नो कार्ड स्वीच सञ्चालनमा ल्याएको छ। सानिमा बैंकले देशभरी १०६ शाखा, २८ विस्तारित काउन्टर र १२७ एटीएम टर्मिनलमार्फत ग्राहकवर्गलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ।