२०८३ साउन १० आइतबार

आन्दोलनकारी ढंगले निर्वाचनको तयारीमा जुट्ने एमालेको निर्णय

ई आर्थिक    आइतबार, पौस २७ २०८२
2.8K
Shares
आन्दोलनकारी ढंगले निर्वाचनको तयारीमा जुट्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनको तयारीमा सक्रिय रूपमा जुट्ने निर्णय गरेको छ। शनिबार ललितपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले आन्दोलनकारी ढंगले चुनावी तयारी अघि बढाउने निर्णय गरेको हो।

आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै एमाले महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सचिवालयद्वारा तयार गरिएको चुनाव केन्द्रीय कार्ययोजनालाई सर्वसम्मत रूपमा स्वीकृत गरेको बताए।

बैठकले पार्टीको संशोधित विधानअनुसार नियमावली पनि संशोधन गरेको छ। महासचिव पोखरेलका अनुसार अब पार्टीका सम्पूर्ण गतिविधि संशोधित विधान–२०८२ का आधारमा सञ्चालन हुनेछन्।

एमालेले संगठनलाई थप सक्रिय र अनुशासित बनाउँदै आगामी निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्यसहित तयारीलाई तीव्र बनाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij