२०८३ असोज १ बिहिबार

१२ दिन पनि टिकेन रास्वपा र उज्याले नेपाल पार्टीको एकता, कुलमान घिसिङ बने पार्टी अध्यक्ष

ई आर्थिक    शनिबार, पौस २६ २०८२
3.9K
Shares
१२ दिन पनि टिकेन रास्वपा र उज्याले नेपाल पार्टीको एकता, कुलमान घिसिङ बने पार्टी अध्यक्ष

काठमाडौँ । उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरिएको हो।

यसअघि पार्टीका अध्यक्ष अनुप उपाध्याय रहनुभएको थियो। उहाँले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि केन्द्रीय कमिटीको बैठकले उहाँको राजीनामा स्वीकृत गर्दै कुलमान घिसिङलाई नयाँ अध्यक्षमा नियुक्त गरेको पार्टीले जनाएको छ।

उज्यालो पार्टी नेपाल ‘चिम’ चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुँदै आएको छ। नवनियुक्त अध्यक्ष घिसिङले नयाँ शक्ति एक हुनुपर्छ भन्ने उद्देश्यका साथ आफूले धेरै कुरा त्यागेर एकताको सहमति गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहमति टिकाउन नसकिएको बताउनुभयो।

पुस १४ गते भएको सहमति १२ दिनमै समाप्त भएको उहाँको भनाइ छ। सहमति कार्यान्वयनका लागि पटक–पटक छलफल गरिएको भए पनि आत्मसम्मानमा आँच आउने अवस्था सिर्जना भएकाले अघि बढ्न कठिन भएको उहाँले स्पष्ट पार्नुभयो। धेरैजसो सहमति अलिखित रहेको र ती सहमतिमा कुनै ठूलो माग नरहे पनि कार्यान्वयन हुन नसकेको उहाँको दाबी छ।

पत्रकार सम्मेलनमा घिसिङले सञ्चारमाध्यममा आएको ‘पदको ठूलो बार्गेनिङ गरिएको’ भन्ने आरोपको खण्डन गर्नुभयो। “हाम्रा साथीहरूले कुनै ठूलो डिमाण्ड राख्नुभएको थिएन। म आफैँ उपाध्यक्ष भएर पनि वरियतामा तल रहेर सहेर गएको थिएँ। साधारण सदस्य भएर बस्न तयार थिएँ, केवल हाम्रा केन्द्रीय सदस्यहरूलाई उचित व्यवस्थापन गरियोस् भनेको मात्र हो,” उहाँले भन्नुभयो।

उहाँका अनुसार मुख्य रूपमा समावेशिता र संघीयताका विषय समेटेर पूरक सम्झौता गर्ने प्रस्ताव गरिएको थियो, तर त्यो सम्भव हुन सकेन।

यसैबीच, उज्यालो पार्टी नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति औपचारिक रूपमा भंग भएको घोषणा गरेको छ। सहमति भंगका कारण पार्टीले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै रास्वपाले एकतर्फी रूपमा घोषणा गरेकोप्रति पार्टीले आपत्ति जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij