२०८३ साउन ९ शनिबार

विदेश यात्रा होइन, अर्थतन्त्र मजबुत पार्न जरुरी छ: शिक्षामन्त्री पुन

ई आर्थिक    शुक्रबार, पौस २५ २०८२
2K
Shares
विदेश यात्रा होइन, अर्थतन्त्र मजबुत पार्न जरुरी छ: शिक्षामन्त्री  पुन

काठमाडौं  । शिक्षामन्त्री महाविर पुनले देशको आर्थिक अवस्था सुधार नगरी नेतृत्व परिवर्तन मात्रले उल्लेखनीय प्रगति सम्भव नहुने बताएका छन्।

मन्त्री पुनले आफू मन्त्री बनेपछि यसअघि आएका तीन वटा विदेश भ्रमणका निमन्त्रणा अस्वीकार गरेको र हाल फेरि दुई वटा निमन्त्रणा आए पनि त्यसमा सहभागी नहुने स्पष्ट पारे। उनका अनुसार अहिलेको प्राथमिकता विदेश भ्रमण होइन, मुलुकको कमजोर अर्थतन्त्र सुधार गर्नु हो।

“देशको अर्थतन्त्र नउकासेसम्म जोसुकै प्रधानमन्त्री वा अर्थमन्त्री आए पनि ठोस प्रगति हुँदैन,” मन्त्री पुनको भनाइ छ, “काम गर्न स्रोत र साधन चाहिन्छ, केवल विदेश भ्रमण गरेर अर्थतन्त्र बलियो हुँदैन।”

उनले विकास र सुधारका लागि व्यवहारिक योजना, लगानी र आर्थिक अनुशासन आवश्यक रहेको उल्लेख गर्दै राज्यका स्रोतहरू उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij