काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा किनबेच भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बिहीबार प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ हजार १०० रुपैयाँले बढेको हो। यसअघि पुस १३ गते सुनले हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँको रेकर्ड बनाएको थियो।
यस्तै, बिहीबार प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले घटेको छ। यसअघि बुधबार चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भई नेपाली बजारमा उच्च मूल्यको कीर्तिमान कायम भएको थियो।