काठमाडौं । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ।
सामाजिक सञ्जालमार्फत उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले एकीकरणको घोषण गर्दै भनेका छन् कि “पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं।”
घिसिङका अनुसार यस एकीकरणले देशलाई सही निकासतर्फ लैजान सहयोग गर्ने विश्वास लिएको छ र उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन जनता र शुभचिन्तकहरूको निरन्तर साथ र सहयोग रहनेमा पूर्ण विश्वस्तता व्यक्त गरेका छन्।